” बोझ भर्सेस नारी”
जन्मसिद्धै !
लौन ,उही बोझको भारी अंश लुट्ने जात
आगमनका बधाई दिन आएका आफन्तको खुम्चाइएको नाक ।
समाजको धुरीबाट भन्न थालियो बाबालाई नपुसक
आमालाई ए ! अलक्ष्छिनि आइमाई
मायाको भुवाले नछोपेको होइन मलाई
तरपनि जब मलाई सेक्न थाल्थिन
आफू भित्र जल्थिन
समुद्रका लहरसरी बर्सिन्थे
आशुका धारा घरिघरि
दिदिहरु ओसिला आमाको प्रतिविम्ब सरि
बुबा पुर्पुरोमा हात लगाउदै तान्थे लामो सुस्केरा
मानौँ शोकमा डुबेको छ परिवार सारा !
मलाई आमाको आशुले पोल्थ्यो
बुबाको निराशाले पिरोल्थ्यो
आफन्तको हेपाइले निर्चोथ्यो
तर म,
मेरो अन्तरमन जलाइरहने तिरस्कारहरुलाई
आत्मालाई चिर्थोथे बिचल्लित वाणीहरुलाई
हत्केलाले संगालेर कुमालेको माटो सरि
हिर्काउदै तिनैलाई बनाए प्रेरणा
अनि,
सपनाको घोलमा मेरो आत्मविश्वासका सिमेन्टहरु
मेहेनतका पानीहरु
आशाका बालुवाहरु
एकिकृत भै बन्दैछन् मेरा सपनाका खुड्किलाहरु
चुम्दैछु मेरा सफलताका इन्द्रेणीहरु
आज बाबाको पुर्पुरोको हात स्थानान्तरण भै
मेरा शिरउपर पाउदा
आफु छोरीको बाउ हुनुमा गर्व भएको संसारलाई सुनाउदा
आमाका आखा फेरिपनि हर्षले रसिलो बनाउदा
म केराको बुब्गोसरि मौलाउदा
साच्चै निहुरिएका छन्
आफन्तका शिर घरीसरी
हो ! म त्यहि ति तिमीद्धारा नामान्कित बोझको भारि
तर सत्कर्म गर्छु
अरुलाई बोकाउछु खुसीको डाली
म हूँ,
अटुट साहसी नारी !!
रचनाकार :प्रजापति कुमाल
कास्की।
COMMENTS