“म त्यही माटो हुँ “

Homeअन्य

“म त्यही माटो हुँ “

” बोझ भर्सेस नारी”
16 facts about modern living rooms that’ll keep you up at night
“THE KUMAL OF NEPAL”

“म त्यही माटो हुँ “

कमेरै उर्वर हराभरा छातीमा
मैले दान गरेको प्राण लिएर
जिउने प्रण गर्दै जीव पैदा भई
रमाउछन्,
कोही जिउन सिक्दा सिक्दै
ओइलिए,
जो जिएर मरे ती धन्य छन्,
किनकी
उनीहरूले दाता र मातालाई चिने
म त्यही माटो हुँ ।
म माताकी माता हुँ,
पिताकी पिता हुँ,
सबैको सहारा आहारा विहारा भएकैले
म माटेहरूबाट टेकिन्छु, थिचिन्छु, कुल्चिन्छु,
कुल्चिन्छु, जोतिन्छु, किचिन्छु, खनिन्छु
जब म त्यस्तै यस्तै बनाइन्छु,
तब फुल्छु, फल्छु र फलाउछु,
सजीवलाई पाल्छु निर्जीवलाई यथावत राख्छु,
त्यसैले त म सर्वेसर्वा हुँ!
म त्यही माटो हुँ ।
म दिनका लागि हो नि है
लिनका लागि होइन,
त्यसैले त मैले साँस, गास, बास, कपास दिएर
गुन लगाएको छु ।
माटेहरूले कलाको कमालले
हातको सीपले मलाई नै भाँडो बनाई
ती माटेले खेलाए, आकार दिए अनि सजाएँ
अनि मेरै छातीमा आगो बालेर पकाएँ
म त्यस्तै भाँडो बने ।
बल्ल खान, पिउन सिकाएको छु,
म त्यही माटो हुँ ।
यी सबै हन्डर ठक्कर चक्कर सहन्छु
अहँ कहिल्यै पनि गुनासो गरिन,
गर्दिन गर्ने छैन किन पो गर्ने
न त हरेस खानु छ ।
बरू म अदृश्य अनि अव्यक्त रूपमा
हाँसेको रमाएको नाचेको छु,
किनकी मेरो वक्षमा
पसिना बगाउने कर्मयोगी माटेहरुलाई
मेरा सुपुत्रहरूलाई सलाम गर्छु ।
म त्यही माटो हुँ ।
अनि यदाकदा मेरो तनमा
आणविक शस्त्र अस्त्र रसायन र युद्धका कारण
धुलो, धुवाँले मेरो तन मैलाउँदा अनि मन मैलाउँदा
उनीहरूलाई धिक्कार्छु, अनि सोँच्छु,
मेरा सन्तानहरूको दूर्बुद्धि देखेर
आफै धिक्कारिन्छु ।
आफूले जन्माएको सन्तानलाई कसले भन्छ ?
दूष्ट होस्, भोकमरी ल्याउने अल्छि होस्,
हो मेरा सन्तान जाँगरिलो,
हँसिलो र साहसी बनुन्
यी कथा र व्यथा मेरा होइनन्।
हाम्रा हुन्भन्ने सबैले मनन गर्न बिन्ती गर्ने
म त्यही माटो हुँ ।
रचनाकार :सुमित्रा कुमाल,
छत्रदेव ३,
साजबोट ,अर्घाखाँची ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0