Corona भाइरस को विश्व व्यापि महामारीको बाबजुद पनि संस्कृति संरक्षण र प्रतिभा प्रस्फुटन गर्ने मुल उदेश्यका साथ नेपालीहरुको महान चाड विजय दशमी , शुभ दिपावलि , र छठ् पर्वको पावन अवसरमा कुमाल विद्यार्थी समाज र कुमाल युथ मिडिया सगौरव प्रस्तुत गर्दछ,“अन्लाईन सांस्कृतिक नृत्य प्रतियोगिता २०७७”

प्रतियोगिताका नियमहरु:

१.नृत्यका लागि गीत प्रतियोगि आफौंले राष्ट्रियता, मौलिकता वा संस्कृति झल्कने गीत छान्न सकिने छ।

२. कुमाल जातिमा प्रचलित पाउदुरे, मारुनी , सोरोठि, कौरा,हेम्फाइ,मैयारानी, झ्याउरे आदि गीतलाई थप प्राथमिकता दिइनेछ ।

३. एकल वा समुह दुबै किसिमको नृत्य मान्यता दिइनेछ भने समुहमा ५ जना भन्दा धेरै रहन पाइनेछैन।

४. गीत अनुसारको भेषभुषालाइ विशेष मान्यता दिइनेछ ।

५. नृत्य को भिडियो Landscape mood(तेर्सो) मा खिचेर हाम्रो ठेगाना kumalyouthmedia@gmail.com मा २०७७ मङ्सिर ३ गते भित्र पठाइसक्नु पर्ने छ।

६. भिडियो कम्तीमा ३ देखि ५ मिनेटको हुनुपर्ने छ।

७. विजेताको घोषणा निर्णायक को ६०% र youtube views को ४०% लाइ आधार मानि प्रकाशित गरिनेछ।

८. भिडियो कुमाल युथ मिडिया को आधिकारिक च्यानल kumal youths media Youtube channel Link https://www.youtube.com/channel/UCGqFS0FbvOMnTzNy0H0rLAg… बाट सार्वजनिक गरिनेछ भने भिडियोको copyright सोही च्यानलको हुनेछ ।

९. मङ्सिर ३ गते सम्म भिडियो पठाइसकेको हुनुपर्ने छ भने प्राप्त भएको ३ दिन भित्र youtube channel मा सार्वजनिक हुनेछ ।

१०. प्रतियोगि जुनसुकै उमेरको समुहको कुमाल जाति हुनपर्ने छ।

११. नतिजा कुमाल समाज नेपालको फेस्बुक पेज मार्फत मङ्सिर १० गते बोलुका सम्म प्रकाशित हुनेछ ।facebook Link https://www.facebook.com/kumalsamajnepal2050/about/

१२. सहभागीहरुले नाम ,ठेगाना र सम्पर्क नम्बर समावेश गरि पठाउनु पर्नेछ।

विजेतालाई नगत रकम स्वरुप

*प्रथम पुरस्कार रू. १०,०००

*दोस्रो पुरस्कार रू . ७,०००

*तेस्रो पुरस्कार रू . ५,०००

र प्रमाणपत्र को समेत प्रदान गरिनेछ ।

थप जानकारीका लागि सम्पर्क9860670556 नविन मुखिया कुमाल (अर्घाखाँची )9843000318 यमु कुमाल( नवलपरासी )9847814022 शम्भु कुममल( दाङ )9856016903 ओम प्रसाद कुमाल(कास्की )

आयोजक : कुमाल विद्यार्थी समाज केन्द्रीय समिति र कुमाल युथ मिडियासह-आयोजक : कुमाल विद्यार्थी समाज कास्की।