परिचयः
नेपाल बहुजातिक, बहुभाषिक, बहुधार्मिक बिबिधताले भरिएको सुन्दर देश हो। यस देशका विभिन्न समुदाय, जात तथा जनजातीहरूको आफ्नै मौलिकता, संस्कृती, परम्परा र रितिरिवाजहरू रहेका छन् । यहा“ १२५ जातजातिहरु वसोवास गर्दछन्। नेपाल सरकार, आदिवासि जनजाति उत्थान ऐन २०५८ को राजपत्रमा ६१ जनजातिमध्य २६ जनजातिको विवरण खुलाईएको छ । जसमध्य कुमाल एक आदिवासि जनजाति अन्तर्गत अल्पसंख्यक सिमान्तकृत समुहमा पर्ने जाति हो। नेपालमा कुमाल जातिको कुल जनसंख्या १,२१,१९६ ( राष्ट्रिय जनगणना विं.सं. २०६८) छ तर कुमाल संग सरोकार राख्ने जातिय संघसंस्था र बिज्ञहरु भने नेपालमा कुमाल जातिको कुल जनसंख्या एक लाख पचास हजार भन्दा माथि रहेको बताउछन। कुमाल जातिको आफनै मौलिक भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज र पेशा छन् । माटोको भाडा बानाउने अत्भुत कला यो जातिको पुर्खैालि पेशा तथा मुख्य पहिचान हो। कुमाल जातिको आÏनै भाषा छ जस्लाइ कमाले भाषा वा कुमाले कुरा पनि भन्निछ। नेपालमा कुमाल भाषा बोल्ने कुल जनसंख्या १२,२२२ मात्रै छ जुन अत्यान्तै निउन संख्या हो र यसको संरक्षणमा संबँधित निकाएको ध्यान जान जरुरि छ।
नेपालमा कुमाल जातिहरु कहिले र कहा“बाठ आए भन्ने ऐकिन तथाङ्क नभए पनि नेपालमा माठोको भाडा बनाउने इतिहास २६०० वर्ष पुराने माटोको भाडाका अबशेस लुम्बिनिमा रहेको तथ्यबाटा तेतिखेर देखि नै कुमाल जातिको नेपालमा बसोबास रहेको अनुमान लगाउन सकिन्छ। यो जाति खास गरेर पहाड र तराइका खोला, नदिको किनारामा पर्ने बेशी, सम्मो टार, भित्रि मधेश र ठुला फांटहरुमा समुहमा रहेर बसोबास गर्ने जाति हो। यो जातिको हिमाली क्षेत्रमा भने बसोबास निकै कम छ। कुमाल जाति नेपालको करिब ७० जिल्लामा छरिएर बसोबास गरेका छन। मुख्य तय पाहाड र भित्रि मधेशका जङ्गल, नदि किनारा र सम्मो उर्बर भुमिको सेरेफेरोमा बसोबास गर्ने कुमाल जातिको उद्यगम स्थल कहा भन्न यथेस्ठ प्रमाणहरु नभएपनि पश्चिममा पाल्पाको काली गण्डकी नदिको सेरेफेरो र पुर्वमा संखुवसभाको टुम्लिङटारलाइ कुमाल जातिको उद्यगम स्थलका रुपमा लिन सकिन्छ भन्ने अध्यानबाट पुस्टि हुन्छ ।
प्राचीनताको हिसाबले भने भारतीय उपमहादिपमा सिन्धुघँटीे सभ्यता संग पनि कुमालहरुको अस्तित्व जोडिएको र त्यस समय देखि नै हाम्रो पेशा र सिपलाई अंगाल्दैै भारतको विभिन्न ठाँउहरुमा फैलिएर पश्चिाको कुमाउ गड्वाल हुदै नेपालमा प्रवेश भएको भन्ने पनि पाईन्छ तर त्यसको तथ्यगत आधार भने भेटिएका छैनन् ।
शारिरक रुपमा सुसंगठित, बलिया हात पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद, सोझो र इमान्दार यस जातिको झिनो परिचय मान्न सकिन्छ।
नेपालमा कुमालहरुको उपस्थिति हिमाल, पहाड र तराइ गरि सबै क्षत्रमा छरिएको छ। कुमालहरुको बसोबास नेपालमा करिब ७० जिल्लामा छरिएको छ। जसमध्य तेह्रथुम, डोल्पा, जाजरकोट, बझाङ् र दार्चुलामा कुमालहरुको कुनै उपस्थिति छैन। वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा कुमाल जातिको कुल जनसंख्या १,२१,१९६ रहेको छ । जस्मध्यो पूरुष तर्फ ५७,५२६ र महिला तर्फ ६२,६७० रहेको छ भने हिमालि क्षत्रमा २,३६८ , पहाडि क्षत्रमा ६१,०५२, र तराइ क्षत्रमा ५७,७७६ जनसंख्या रहेको छ।


कुमाल नाम कसरी रहन गयो ?
कुमाल शव्द संस्कृत भाषाको कुम्भकार शव्दबाट अपभ्रशं भइ कुमाहार, कुम्हाल हुदै कुमाल भएको भन्ने विभिन्न विज्ञहरुको अनुसन्धानले बताउछ। जस्को अर्थ
कुम्भकार ः कुम्भ = माटो ,
कार = कला
कुमाल ः कु = माटो
माल= सामान,भाडा
अर्थात माटोको सामान बनाउने कला भएको हुनाले यो जातिको नाम कुमाल भएको भन्ने बुझिन्छ।
मनव जिबनको शुरूवात गरेदेखि अर्थात् नव पाषणकालदेखी नै पेशागत रुपमा हाम्रो अस्तित्व विकासको उपस्थिति समाजमा रहेको मान्न सकिन्छ । मानिसलाई अन्न भण्डार गर्न, खाना पकाउन, पानी पिउन, पानी संकलन गर्न,पैशा संकलन गर्न आदि विभिन्न प्रयोजनका निम्ति माटाका भाडो बनाएर मानव जिवनमा परिर्वतनको शुरुवात भयो र सजिलै संग माटो पाउने हुनाले माटोलाई त्यसको माध्यम बनाई पेशागत रुपका सिपमा बिस्तारै बिकास हुदै गयो । समाजमा माटोको भाडा बनाउने दक्ष तथा सिपालु ब्यक्तिहरुको अलग समुदायको रूपमा बिकास भयो । जसलाई कुम्भकार र्अथात कुमाल भनेर नाम रहेको भन्न सकिन्छ।
जनसंख्याः

जनसंख्याको थप विवरणहरुः

CensusTotal populationUrbanRuralMountainHillTeraiEasternCentralWesternMid-westernFar-western
2068BS1,21,19618,3351,02,8412,36861,05257,7769,21129,25165,60515,4991,630
2058BS99,38913,090,86,2991,25150,70647,4327,44823,21155,71911,6801,331

Table 1 Population by Caste/Ethnicity of Kumal

Table 1 Population by Caste/Ethnicity/Sex (Male).

CensusTotal Male populationUrbanRuralMountainHillTeraiEasternCentralWesternMid-westernFar-western
2068 B.S57,5259,29848,2271,13928,26228,1244,53714,66329,9597,583783
2058 B.SS48,8836,55342,33063424,33423,9153,77811,70026,9305,840635

Table 1 Population by Caste/Ethnicity/Sex (Female)

CensusTotal Female populationUrbanRuralMountainHillTeraiEasternCentralWesternMid-westernFar-western
2068 B.S63,6719,05754,6141,22932,79029,6254,67414,58835,6467,916847
2058 B.S50,5066,53743,96961726,37223,5173,67011,51128,7895,840696

Population Of Kumal – District wise

S.N Name Of District Population of Kumal
1 Nawalparasi 14367
2 Chitwan 9302
3 Gulmi 8736
4 Dang 8445
5 Gorkha 8022
6 Tanahun 7955
7 Palpa 6802
8 Arghakhachi 6762
9 Dhading 4624
10 Rupandehi 3951
11 Parsa 3654
12 Pyuthan 3311
13 Bara 3134
14 Kaski 2530
15 Nuwakot 2426
16 Jhapa 2372
17 Sunsari 1881
18 Lamjung 1699
19 Baglung 1630
20 Syanja 1629
21 Banke 1589
22 Kathmandu 1461
23 Mahottari 1369
24 Morang 1302
25 Dhanusha 1185
26 Saptari 1032
27 Other Districts 10026
Total 121196
Source: National Population Census 2011

भेषमुषा
कुमाल जातिलाइ चिनाउने अर्को पहिचान यो जतिको मौलिक भेषभुषा तथा पहिरन हो। नेपालमा बिभिन्न जात जातिका आफनै पहिचान झल्काउने मैलिक भेषभुषा भए जस्तै कुमाल जातिको पनि आफनै पहिचान झल्कने भेषभुषा छ। कुमाल जातिमा बिभिन्न अवसरमा फरक फरक किसिमका पहिरन प्रयोगमा रहेता पनि कुमाल जातिको राष्ट्रिय पोशाक निम्न रहेको छन
क. महिला
१. कालो चोली
२. कालो गुन्यु
३. पहेलो पटुका
४. रातो बुट्टे घलेकी
५. मखमलि, सेतो पछेरी
६. हरियो, पहेलो पते
७. कण्ठ माला

ख. पुरुष ः
१. कालो टोपी
२. सोतो भोटो
३. सोतो कछाड
४. निलो पटुका
५. कपाडा जुत्ता
६. कालो इष्टकोट
७. कालो टोपि
८. सोतो फेटा
गरगहना

कानमा चेप्टे सुन, ढुङ्ग्र्री, हातमा राता चुरा, गलामा पहेलो पोते, मुगाको रातो माला, जन्तर र चॉदीका ठिमुरेमाला, हातको औंलाका छापे औंठी, कपालमा रातो डोरी धागो, नाकमा छाते फूली र निदारमा ईच्छानुसारको रातो टिका लगाउने चलन छ
सामाजिक चालचलनः
बच्चा जन्मेको ६–११ दिन सम्म सुतक बारी न्वारन गर्ने, छोरी भए ५ महिना र छोरो भए ६ महिनामा अन्न प्राशन गराउने गर्छन् । कुनै कुनै जिल्लाहरुमा त ब्रतबन्ध गराउने चलन पनि छ । उमेर पुगेपछि मागी बिवाह गर्ने, कतै कतै केटाले मन परेको केटीलाई सुटुक्क भगाई विवाह गर्ने र पछि माईती मान्ने चलन पनि छ । चोरी विवाहमा केटाकेटी दुबै तर्फको सहमति भएता पनि आर्थिक संकटले पछि विवाह सम्पन्न गर्ने गरी केटीलाई केटाको घरमा भित्राईन्छ र पछि आर्थिक जोहो गरी आफन्तहरुलाई निमन्त्रणा गरी नव दम्पत्तीलाई टिकालगाई उपहार दिने र विवाह भोज गर्ने र नॉचगान गरी रमाईलो गरिन्छ ।

विभिन्न हिन्दु देवीदेवताको पूजा गर्ने चलन छ । मानिसको मृत्यु पछि नदी किनारमा लगि जलाउने र जुठो ९ देखि १२ दिन सम्म बार्ने र १३औ दिनमा शुद्ध हुने चलन छ ।