नेपालीहरुको दशैपछिको दोश्रो ठूलो चाड तिहार आउन केही दिन मात्र बाकी छ । तिहारलाई उज्यालो र फूलहरुको पर्वको रुपमा चिनिन्छ । फुल बिना तिहारको रौनक पुरा हुन सक्दैन । यतिवेला गाउ तथा शहरका वगैचा तथा गमलामा फुलेका आकर्षक फुलले घर तथा आसपासको वातावरण नै मनमोहक बनाएको छ । यसले तिहार आएको आभाष गराएको छ । नेपालमा करिव ६ सय किसिमका फुल पाईने भए पनि तिहारमा सयपत्री , गोदावरी र मखमली फुलको बिशेष महत्व हुन्छ । विगतका वर्षको तुलनामा यस वर्ष तिहार केही ढिलो परेकाले फूलहरु सवैतिर ढकमक्क फुलि सकेका छन् ।
यस्तै छिटो नओईलाउने मखमली फुलको त विक्री नै सुरु भईसकेको छ । तर सयपत्री र गोदावरी फूल चाहिँ चाँडै ओईलाउने हुदाँ फुल किसानले टिप्न हतार गरेका छैनन् । विशेषगरी फुलहरु लक्ष्मीपूजा र भाईटिकाका दिन बढी प्रयोग हुने गर्छ । यस वर्ष कोरोना महामारीका कारण फुलखेतीमा समेत असर परेको देखिन्छ। ीबगतका बर्षमा जस्तो ठुलो परिमाणमा फुलको खेती समेत गरिएको छैन । त्यस्तै कोरोनाकै विच उत्पादन भएका फुलले यसअघि वजार नपाए पनि तिहारमा भने राम्रो बजार पाउने आशा गरिएको छ ।
व्यवसायीहरुका अनुसार यस वर्ष फुलको माग घटेको छ । गत वर्ष तिहारमा भारतबाट समेत फुल आयात गरेको भए पनि यस वर्ष नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने वजारमा १५ लाख मात्र मालाको माग रहेको व्यवसायीहरुको भनाइ छ । तिहारमा प्रयोग हुने सयपत्री , मखमली र गोदावरी फुलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । यस वर्षको लागि स्वदेशी उत्पादनले बजारको माग पूर्ति हुने व्यवसायीहरु ब्ताउछन् । त्यस्तै तिहार ढिला हुदाँ सयपत्री फुल जोगाउनै मुस्किल परेको फुल व्यवसायीहरुले बताएका छन् ।
COMMENTS