
शिर्षक ः हामी कुमाल
नेपालको जनता हामी कुमाल हाम्रो थर !
जनजातिमा एउटा स्थान ५९ नम्वर !!
जागौँ उठौँ अघि बढौँ चिनाउ पहिचान !
माटो भाडा चक्रामा छ हाम्रो जातको सान् !!
बस्ने गर्छन् कुमालहरु समथर ठाउँमा
सोरठी र झ्याउरे गितको रमाउदै तालमा
एकता भई बसौँ हामी फुलको मालासरी
चिनाउनु छ जात हाम्रो यो विश्वभरी
छुट्टै छ नि रीतिरिवाज छुट्टै संस्कार
पूर्खाहरुले आर्जिएको छुट्टै संसार
गुन्यूचोली दौरा सुरवाल हाम्रो भेषभूषा
भाडाकुटी वनाउने रहिछ हाम्रो पेशा
गर्व गर्नुपर्छ हमी यो देशको माटो
यहि माटोमा अडेको छ हाम्रो जिन्दगानी
माटो हाम्रो पूर्खाहरुको एउटा चिनारी
सवैमिली गर्नु पर्छ यसको पुजारी
लेखकः मिन वहादुर कुमाल
बुलिङटार गा.पा.३ चम्घा, नवलपरासी
COMMENTS