हराएको संस्कृति

Homeअन्यTravel

हराएको संस्कृति

Why your cultural note never works out the way you plan
10 things your boss expects you know about spa deals
The unconventional guide to cultural solutions

शिर्षक ः हराएको संस्कृति

सम्झना हराइ सके होला ,पुरानो त्यो घरको
घुमाउरो अनि ठुलो घर, छानो हुन्थ्यो खरको
पाली नीर झुन्डिएको, टापी,ढडिया,जाल्
यो सब देख्दा थाहा हुन्थ्यो बस्ने रैछन् कुमाल्

माटोको भाडा सुकाउथे, आगन भरी हुन्थे
बिहानै उठ्थे बाजे अनि, त्यही माटो नै छुन्थे
बजै जान्थिन् माटो लिन,बाजे खेल्थे चक्की संगै
बनाउथे अनेक थरी, देख्नेहरु हुन्थे दंगै

पाङ्दुरे र सोरठी , मारुनिमा झुम्दै
भैलि खेल्दै हिन्थे कुमाल, ठाउँ ठाउँमा घुम्दै
घैटाभरी चिसो पानी, तीउन हुन्थ्यो माछा
हराइ सके त्यस्ता चलन, आज त्यस्तो काँ छ

छुट्टै भाषा संस्कृति, भएको कुमाल जाति
हराउदै गयो सबै , हुन थाल्यो अत्ति
यो सब अब जोगाउन, हामी युवा जाग्नै पर्छ
एकजुट होऔँ आजैदेखि ,सबै मिलि लाग्नै पर्छ ।

बिराज मुखिया कुमाल

सन्धिखर्क न.पा.७, अर्घाखाँची


COMMENTS

WORDPRESS: 0
DISQUS: 0