कुमालको चिनारी

Homeअन्य

कुमालको चिनारी

9 ways beauty essentials can make you rich
A Dating App, Not the Parents, Brought Them Together
Being Healthy Before Pregnancy Could mean Fewer Childbirth Problems

शिर्षक ः कुमालको चिनारी

सम्झिदा छाति गर्वले फुल्छ बन्दछ विशाल
कलाको धनि म मिहिनेति पौरखी कुमाल
नेपालको कुना जुनसुकै ठाउँमा पुग्छु र खटिन्छु
विशेष त धेरै दोलखा धादिङ पर्वतमा भेटिन्छु

पानीमा रम्दै मारेर माछा पाल्दछु म जहान
आफ्नै छ भाषा आफ्नै छ भेषभूषा छुट्टै छ स्वाभिमान
सर्वत्र हेर्नुस् माटाको भाडा घरघरमा गमला छ
आहा पूर्वपश्चिम उत्तरदक्षिण कुमालकै कला छ

यो सिप अनि मेसिनमा कहिल्यै नलागोस् है खिया
पाल्न छ जहान फेर्नु छ मैले आमाको फरिया
च्यातिनै लाको बाबाको कछाड देख्दा मन जलाउछु
र पनि कत्ति हरेश नखाइ गुजारा चलाउछु

हजारौँ मिठा सपना हुन्छन् फुर्लुङ र झोलिमा
मनमा रहर सजाउँदै झर्छु घर नजिक खोलीमा
बाबा र आमा भगवान् मेरा सजाउँछु छातिमा
पछुतो होइन गर्व छ सधै कुमाल जातिमा

सरिता कुमाल

काठमाण्डौ

COMMENTS

WORDPRESS: 0
DISQUS: 0