न्यानो कपडा तथा खेल सामग्री पाउँदा बिद्यार्थीहरु हर्षित

Homeसमाज

न्यानो कपडा तथा खेल सामग्री पाउँदा बिद्यार्थीहरु हर्षित

हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट
२०७८ सालको बिदाको सूची सार्वजनिक

पुर्बी नवलपरासीको हुप्सेकोट गाँउपालिका ४ स्थित शिक्षाबोधनी माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा तथा खेलकुद सामग्री बितरण गरिएको छ । नर्सरी देखि कक्षा ५ सम्मका १ सय ६१ जना बिद्यार्थीहरुलाई क्रस बोर्डर नेपाल सँस्थाको सहयोगमा करिव ६० हजार रुपैयाँ बराबरको स्वीटर तथा खेल सामग्री बितरण गरिएको हो । आइतबार बिद्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमका बीच क्रस बोर्डर नेपालका अध्यक्ष भरत वस्तीले बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष वस्तीले आफुलाई समाजसेवामा अत्यन्त रुचि भएकाले दुर्गम स्थानका गरीब बिपन्न बालबालिकाहरुलाई बिभिन्न सहयोग गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि सहयोग गर्ने क्रम जारी रहने पनि वहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो . त्यःतै कार्यक्रममा बोल्नुहुँदै बिद्यालयका निमित्त प्रधानाध्यापक कृष्ण प्रसाद न्यौपानेले बिद्यालयको शैक्षिक उन्नयनका लागि क्रस बोर्डर नेपालले पु¥याएको योगदानको प्रशँसा गर्नुभयो । वहाँले दुर्गम तथा गरीव बिपन्न बालबालिकालाई न्यानो कपडा तथा खेल सामग्री बितरण गर्नुभएकोमा सँस्था प्रति धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो . त्यसैगरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद भुर्तेलले पनि सँस्थाले बिद्यालय प्रति पु¥याएको योगदान प्रति आभार प्रकट गर्नुभएको थियो । वहाँले आगामी दिनमा पनि क्रस बोर्डर नेपालको तर्फबाट यस्तो सहयोगको अपेक्षा ब्यक्त गर्नुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद भुर्तेलको अध्यक्षता रहेको कार्यक्रममा क्रस बोर्डर नेपालका अध्यक्ष भरत वस्तीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक सँघका अध्यक्ष बेल बहादुर मश्राङ्गी मगरको बिशेष आतिथ्यता रहेको थियो भने अभिभावक तथा शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । भौतिक दुरी कायम गरी सम्पन्न भएको कार्यक्रम, बिद्यालयका प्राबि इन्चार्ज केशव प्रसाद गौँडेलले सञ्चालन गर्नुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0