कुमाल दाई

Homeसाहित्यकुमाल साहित्य

कुमाल दाई

” बोझ भर्सेस नारी”
आउ संस्कृती जोगाऔं
“म त्यही माटो हुँ “

कुमाल दाई
गोटा बिस भाँडो बनाउनु छ ।ष्
माटो खोज्न गोठारे गाउँ पुग्नु पर्छ ।
एघार घन्टाको बाटो
माटोको भारी बोकेर हिडनु पर्दा
कुमाल दाई थाक्नु स्वभाबिक नै हो ।
माटोलाई चार दिन सम्म पानीमा भिजाई
पाँचौ दिन बाट मुछेर
सातौ दिन कुमाल चक्रमा राखी
बल्ल भाडोको आकार दिनु छ ।
त्यो पनी काँचो ।
दुई चार दिन आँचमा सुकाई
बल्ल परालले छोपेर पोल्नु पर्छ ।
तब मात्र बन्छ भाँडो ।
के गर्नु फेरी
बेच्ने बेलामा पैसोको किच किच ।
कुमाल दाई एक्ला छन ।
पोईल गएकी स्वास्नीको याद र
बिग्रेको छोरो
हर दम कुमाल दाईको मगज भित्र
सल्बलाई रहन्छन ।
तर पनी कुमाल दाई माटोको भाँडो भित्र
आफुलाई हराई रहेको हुन्छ ।
उमेर चालीसको छ तर पनी
साठिका झै देखिन्छ कुमाल दाई ।
एकोहोरो मिहेनत र थोरै आम्दानीको चपेटामा
पेलीएको कुमाल दाई छिटै बुडो देखिए ।
गाउँको फेदिमा एक झुप्रो भित्र
आफ्नो रात कटाउने र आँगन बिचको कुमाल चक्रमा
दिन बिताउने कुमाल दाई
अन्त कतै गएको देखिदैन ।
सात बर्ष अगाडी पोईल गएकी
स्वास्नी
भेट होली की भन्ने सपना मनमा
गाँजेर
एकलकाटे सोच पालेको छ उस्ले ।
समय र कालको चक्र
कुमाल दाईको कुमाल चक्र जस्तो त नहुने रैछ ।
कुमाल दाईको सोझो पनलाई खिल्ली उडाउँदै
झिल्के दमाई सँग मुग्लान तर्फ
भासीएकी
स्वास्नी कुरेर बस्नु
कुमाल दाईको यो कस्तो सोच रु
यहाँ समय र काल पनी मुसुक्क हाँस्छ ।
आज बिहानै कुमाल दाई
आफुले बनाएका माटोका भाँडाहरू एक टकले हेदै छन ।
मुछेको माटो सुम्सुम्याउँदै कुमाल चक्रलाई टुलु टुलु हेर्दै छन ।
हिजो यही गिलो माटोले बनाएका भाँडो
आज अर्कै रूपमा कुमाल दाईको
सामुन्ने तेर्सीएका छन ।
अब यि भाँडोहरूलाई कुमाल दाईले
कदापी अर्को रूप दिन नसक्ने भएका छन ।
सोच्न थाल्छ कुमाल दाई ।
मैना हो उस्की पोईल गएकी
स्वानी ।
मैना काँचो माटो सरी थिईन ।
कुमाल दाईले मैनालाई एक भाँडोको रूप दियो ।
तर जब मैना गतिलो भाँडो बनिन
तब गाउँकै झिके दमाईले भोग गर्यो
त्यो कुमाल दाईले बनाएको मैना रूपी भाँडो ।
कुमाल दाईको आँखा रसाउन थाल्छ ।
रून्छ उ बेसरी ।
र भकाभक आफुले मिहेनत गरी बनाएका
सब माटोका भाँडाहरू फुटाउन थाल्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0