नेपालमा विगत २४ घण्टामा १,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालमा विगत २४ घण्टामा १,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा देशभरि १०,३८१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२,००० नाघेको छ।
तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या धेरै भएको हुनसक्ने विज्ञहरूको भनाइ छ।मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १८,८८४ जना सक्रिय सङ्क्रमित छन्।नेपालमा १,३३७ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।