थप १७ सय ९० जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु

Homeस्वास्थ

थप १७ सय ९० जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु

२४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
कोभिड १९ नयाँ प्रकारका कारण २०२१ झन् कठिन हुने डब्ल्यूएचओको चेतावनी
नवलपुरको ८ वटै स्थानिय तहमा निःशुल्क बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सुरु


नेपालमा विगत २४ घण्टामा १,७९० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १०,८४३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २४ हजार नाघेको छ।मन्त्रालयले मङ्गलवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १७,८५९ जना सक्रिय सङ्क्रमित छन्।

तर विज्ञहरूले पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोभिड(१९ को वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।

नेपालमा १,३६१ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।