लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार देखि सुरु, कावासोतीमा दिप प्रज्वलन गरेर अभियानको उद्धघाटन गरियो

Homeसमाज

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार देखि सुरु, कावासोतीमा दिप प्रज्वलन गरेर अभियानको उद्धघाटन गरियो

कावासोतीमा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता जागरण अन्तरक्रिया कार्यक्रम सम्पन्न
नवलपुरबासीलाई होलि पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
कुमाल जातिको परिचय

मंसिर १०, नवलपरासी
लैंगिक हिंसा अत्यको प्रतिबद्धता ःव्यक्ति समाज र सवैको ऐक्यबद्धता भन्ने नाराका भन्ने मुल नाराका साथ लैंिगक हिंसा विरुद्धको १६ दिने अभियान देशैभर एकैसाथ सुरु भएको छ । प्रत्येक बर्ष २५ नोभेम्वर देखि १० डिसेम्बरसम्म अन्तराष्ट्रिय अभियानका रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ ।
महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक वाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैगिक समानता कायम गर्न नेपालमा २०५४ साल देखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको हो ।
यसैबीच लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात कावासोती नगरपालिकाले बुधबार दिप प्रज्वलन गरि सुरु गरेको छ । नगरपालिकाको प्रवेशद्धारामा कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्र कुमारी पुन र प्रमुख जिल्ला अधिकारी मन माया पङ्गेनीद्धारा दिप प्रज्वलनको उद्धघाटन गरिएको हो । नगरपालिकाका प्रतिनिधि, स्थानियहरुको सहभागितामा दिप प्रज्वलनका साथमा अभियानलाई भब्यताका साथ उद्धघाटन गरेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0