कुमाल विद्यार्थी समाज केन्द्रिय समिती र कुमाल युथ मिडियाको संयुक्त आयोजना गरिएको अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको निर्णायक मण्डलको भुमिका कुमाल सांस्कृतिक केन्द्रकि सचिव एवं राष्ट्रिय कलाकार अनु कुमाल र युवा नृत्य निर्देशक तथा कोरियोग्राफर कमल नेपालीले गर्ने भएका छन।

गत कार्तिक १ गते देखि सुरु भएको प्रतियोगिताको निर्णायक मण्डलमा अनु र कमलले गर्ने अयोजकले जनाएको छ ।

अनु कुमाल एक चर्चित कुमाल कलाकार हुन। बिभिन्न कुमाल जातीय म्युजिक भिडियोमा नृत्य ,अभिनय गरिसकेकि उनि कुमाल संस्कृतिक केन्द्र को केन्द्रीय सचिव पनि हुन। उनि संग सांस्कृतिक नृत्य बारे राम्रो अनुभव छ। साथै अध्यनको क्षेत्रमा उनि बायोटेक्नोलोजिस्ट पनि हुन। स्याङ्जाकि अनु नृत्य क्षत्रमा धेरै अनुभवि समेत हुन।

प्रतियोगिताका अर्का निर्णायक कमल नेपाली युवा नृत्य निर्देशक हुन। बिभिन्न नृत्य भिडियो मा निर्देशन गरिसकेका कमल सफल नृत्य अभिनेता पनि हुन। उनि काठमाडौंमा आफ्नै नृत्य प्रशिक्षण स्टुडियो समेत सञ्चालन गरेर नृत्य प्रशिक्षक को काम पनि गर्छन्।
प्रतियोगितामा २५ टिम सहभागी भएका छन् । प्रतियोगिताको ६०% निर्णायकको मुल्यांकन हुनेछ । भने ४०% प्रतियोगीको युटुव भ्युको आधारमा मुल्यांकन निर्धारण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको नतिजा आगामी आइतबार अर्थात् मंसिर १४ गते कुमाल समाज नेपालको फेसबुक पेज मार्फत प्रकाशन गरिने कुमाल विद्यार्थी समाज केन्द्रिय समितिका अध्यक्ष नवीन मुखिया कुमालले बताउनु भयो ।
COMMENTS