फुटबल  लेजेन्ड डियगाे म्याराेडाेनाकाे निधन

Homeखेल

फुटबल लेजेन्ड डियगाे म्याराेडाेनाकाे निधन

सन्दिप लामिछानेले राशिद खान को स्थान लिने
नेपाल ट्वान्टी–२० विश्वकपका लागि ग्लोबल छनोटमा
पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुने

मङ्सिर ११ काठमाडौं , सन् १९६०मा जन्मिएका विश्व फुटबलका हस्ती म्यनराेडाेनाकाे ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलको सर्वकालीन महान् खेलाडी हुन्  । ब्युनस आयर्सस्थित आफ्नै घरमा उनलाई हृदयाघात भएको थियो । अघिल्लो महिना मात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो  अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। उनको हृदयघातका कारण निधन भएको हो।

अर्जेन्टिनाले उनकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो। आज पनि धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन्।

उनले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए ।जब मैदानमा हुन्छौं, जीवन टाढा भाग्छ, समस्या टाढा भाग्छ,’ उनी भन्छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0