मंसिर ११,
मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुरले विहिबार जिल्ला प्रशासन कार्यालय पुर्वी नवलपरासी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मन माया पंगेनीद्वारा महोत्तरीको बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कार पछि हत्या भएको र झडपमा परी मृत्यु भएकाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो ।
बर्दिबास १४ कि ६ वर्षीया गुलाबो खातुनको केही दिन अघिमात्र बलात्कार पछि हत्या भएको थियो । बालिकालाई बलात्कार पछि हत्या गरिएको भन्दै स्थानीय बासिन्दाहरुले न्यायीक पुर्ण प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा स्थानीय संजय न्यौपानेको मृत्यु भएको थियो । उक्त घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी पंगेनी मार्फत प्रधानमन्त्रीलाई पत्र बुझाईएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले आफुले छिट्टै प्रधानमन्त्री कहाँ पत्र पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो । यस्तैगरी ज्ञापन पत्रमा बलात्कारीलाई फासिको सजाय नभए आजिवन काराबास सजायको माग जिल्ला संयोजक पबित्रा जोशी र केन्द्रिय अध्यक्ष याम शर्मा सुब्बाको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
पत्र मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुरका जिल्ला संयोजक पवित्रा जोशिले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको सुनिश्चित नहुदा सम्म बुहारी संयुक्त आवाज चुप लागेर नबस्ने समेत बताउनु भएको छ ।
COMMENTS