बिहीबार  र शुक्रबार  राष्ट्रिय  भिटामिन  ए कार्यक्रम  देशभर सन्चालन

Homeस्वास्थ

बिहीबार र शुक्रबार राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सन्चालन

देशका नागरिक स्वस्थ नभए समृद्धिको यात्रा भाषणमै सिमिति हुन्छ – मन्त्री बस्नेत
भारतबाट कोरोनाविरुद्धको खोप बिहिबार काठमाण्डौ आइपुग्यो
स्थायी बन्ध्याकरण शिविरबाट आइतबार सम्म १५३ जना लाभान्वित

मंसिर ११,

विहिबार र शुक्रबार राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सञ्चालन भईरहेको छ । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले विहिबार र शुक्रबार देशभरि नै भिटामिन ए र जुकाको औषधि खुवाईने जानकारी दिनु भयो ।
डाक्टर भीम सिङ तिङ्करीका अनुसार नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसके पछि एक महिना ढिला भएको हो । ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो ।
देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ ।
महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0