अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल

Homeविशेष

अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल

कुमाल समुदायमा पहिलो पटक भएको अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना भएको प्रतियोगिताको उपाधि लमजुङकी निता कुमालले जितेकी छिन् । प्रतियोगितामा पूर्वी नवलपरासी कावासोती ८ की गितास कुमाल, च्यरी कुमाल दोश्रो र कास्की जिल्ला लेखनाथकी सुस्मिता कुमालले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् ।

इकाइ अध्यक्ष डिल्लीराम कुमालको निधनमा नेपाल कुमाल समाज सुधार समिति कास्कीको श्रद्धाञ्जली
माघे सक्राति-प्रकृति पूजक कुमालकाे मुख्य पर्व,आफ्नै विशेषता र प्राकृतिक महत्त्व
तन्नेरी हाँवर कर्म
प्रतियोगिताको उपाधि विजेता निता कुमाल

कुमाल विद्यार्थी समाज केन्द्रीय समिति र कुमाल युथ मिडियाको संयुक्त आयोजना र कुमाल विद्यार्थी समाज कास्कीको सहआयोजनामा भएको अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको नतिजा आईतबार सार्वजनिक भएको छ । कुमाल समुदायमा पहिलो पटक भएको अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना भएको प्रतियोगिताको उपाधि लमजुङकी निता कुमालले जितेकी छिन् ।

दोश्रो उपाधि हासिल गर्न सफल गितास कुमाल, च्यरी कुमाल
तेश्रो उपाधि हासिल गर्न सफल सुस्मिता कुमाल

३८ जना प्रतियोगीहरुबीच उनले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा पूर्वी नवलपरासी कावासोती ८ की गितास कुमाल, च्यरी कुमाल दोश्रो र कास्की जिल्ला लेखनाथकी सुस्मिता कुमालले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् ।

कुमाल विद्यार्थी समाज र कुमाल युथ मिडियाले नेपालीहरुको महान् पर्वहरु विजयादशमी , शुभ दीपावली र छठ पर्वको अवसरमा अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिताको बिजेतालाई रु १० हजार, दोश्रोलाई रु ७ हजार, र तेश्रो स्थानप्राप्त गर्नेलाई रु ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा विपना , आयुष्मा कुमाल (तनहुँ), सुस्मिता , प्रमिला कुमाल (स्याङ्जा), मन्दिरा कुमाल ( नुवाकोट ), विपना, सुविना कुमाल (तनहुँ), सन्तोषी , सविता कुमाल (पाल्पा), सुलोचना , प्रजिना , सेमिना अनिशा र सुजता कुमाल ( संखुवासभा ), अप्सरा कुमाल (चितवन), सृजना कुमाल ( नुवाकोट ), र यमुना कुमाल ( काठमाडौँ ), प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै अन्जीला कुमाल ( दाङ ), कुञ्जन , अञ्जली कुमाल ( कास्की ), हिरादेवी कुमाल (तनहुँ), अमृता कुमाल ( कास्की ), अर्शा , अमृता कुमाल ( ललितपुर ), अभिषेक , नेना कुमाल ( कास्की ), रञ्जना कुमाल (तनहुँ), उलिना कुमाल ( कास्की ), सिम्रन कुमाल ( पूर्वी नवलपरासी ), कमला, रोजिना , अनिता, रविना , र मलिनी कुमाल ( कास्की ) पनि सहभागी बनेका थिए ।

भिडियो युटुव भ्यूजलाई आधार मान्दै ४० प्रतिशत र बाँकी निर्णायक मण्डलको निर्णयबाट मूल्यांकन गरिएको थियो । निर्णायक मण्डलमा कुमाल सांस्कृतिक केन्द्रकी सचिव एंव राष्ट्रिय कलाकार अनु कुमाल र युवा नृत्य निर्देशक तथा कोरियोग्राफर कमल परियार रहेका थिए ।

आयोजकले प्रतियोगिताको नतिजा कुमाल समाज नेपाल फेजबुक पेजबाट प्रकाशन गरिएको गरेको थियो । आइतबार सम्पन्न अनलाइन कार्यक्रममा कुमाल विद्यार्थी केन्द्रिीय समितिका अध्यक्ष नविन मुखिया कुमालले सहभागीहरुलाई हौसला प्रदान गर्दै यस्ता गतिविधिले समुदायको कला र संस्कृतिको पहिचान झल्कने बताए ।

यस्तैगरी अध्यक्ष कुमालले कोरोना महामारीका विच भर्चुअल माध्यमबाट भएपनि संस्कृति जगेर्नामा लागि परेका कुमाल युवाहरूको यो सकृय सहभागिता प्रशंसनिय भएको बताए साथै धन्यवाद ज्ञापन सहित सबैलाइ शुभकामना दिए।उनका अनुसार संस्कृति मरे देशको अस्तित्व सकिन्छ , आफु मरेपनि संस्कृति मर्न दिनुहुँदैन भन्ने सन्देश यो कार्यक्रकबाट प्रवाह गरेको बताए।

युटुब भ्युजकाे नितिजा

COMMENTS

WORDPRESS: 0
DISQUS: 0