मंसिर १६ , (नवलपुर)
एक साता भित्र आफुहरुको माग पुरा हुने भएपछि नारायणगढ बुटवल सडक आयोजनाका आन्दोलनरत मजदुरहरुले आन्दोलन स्थगित गरेका छन । मंगलवार जिल्ला प्रशासन कार्यलय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको अध्यक्षता भएको छलफलमा आन्दोलनरत मजदुरहरुको जायज मागलाई एक हप्ता भित्र सम्बोधन हुने गरि सम्झौता भएको छ ।

मजदुर आन्दोलन संघका संयोजक बाशु गैरेले मजदुर र व्यवस्थापन पक्ष विच दश बुदे सम्झौता भएको बताए । उनका अनुसार व्यवस्थापन पक्षले हालका लागि मजदुरको काम गर्ने निश्चित समय तोकिएको,शनिवार काम गरेको ओभरटाइम, प्रत्येक कामदारको दुर्घटना विमा लगायतका मागहरु एक सातामा सम्बोधन गर्ने गरि सम्झौता भएको हो । गत चार दिन देखि बुटवल नारायणगढ सडक आयोजना अन्तरगत रजहरमा रहेको सडक प्रोजेक्ट अगाडि मजदुरहरु काम छाडेर धर्नामा बसेका थिए ।

COMMENTS