मंसिर १६, (नवलपुर)
पूर्वी नवलपरासीको चोरमारामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका ३ जनामध्ये एकको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान भएको दुर्घटनामा परेका ३५ वर्षीय सन्त बहादुर कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । उनी मध्यविन्दु नगरपालिका–१३ का बासिन्दा हुन ।
थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्य २ जना गम्भीर घाइते भएका छन् । मध्यविन्दु नगरपालिका–९ बसन्तपुरको भित्री सडकखण्डमा ग १ क २४८३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मध्यविन्दु १३ निवासी मनु विक र २६ वर्षीय तुलबहादुर खाम्चा मगर गम्भीर घाइते भएका छन् । ठक्कर दिने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
COMMENTS