मङ्सिर १७ तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो ।
नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।
तर निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले युवा संघका पाँच जना कार्यकर्तालाई पनि बुधबार पक्राउ गरेको छ।
संघीय सरकारले पठाएका बजेटबाट बनाइएका योजनामा धमाधम पौडेलले उद्घाटन गरेको भन्दै नेकपाले विरोध गरिरहेको छ।
बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषधाज्ञाा गरेको हो। निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।यश घटना लाई लिएर नेपाली काङग्रेेसमा ठुलो हलचल पैदा भएको छ।
COMMENTS