मंसिर १७ , काठमाडौँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रक्राउ गरेको भन्दै अहिले ५ ः ३० बाट माइतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा वरिष्ठ नेता पौडेल तथा कांग्रेसका कार्यकर्ताहरु माथि भएको धरपकड र प्रहरी दमन विरुद्ध विरोध प्रदर्शन भएको हो । वर्तमान नेकपा सरकारले सत्ताको दम्भ देखाउदै नेता र कार्यकर्ता माथि गरेको धरपकड र प्रहरी दमन विरुद्धमा माइति घर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरिएको नेविसंघका महामन्त्री उर्मिला थपलियाले बताउनु भयो । आज दिउसो तनहूँमा पुल उद्घाटनका क्रममा नेता पौडेल र कार्यकर्ता माथि सो घटना भएको थियो ।

COMMENTS