१७ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।
डिसेम्बर ३ र ४ तारिखमा हुने सो विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका कम्पनीका प्रमूखहरुले सम्बोधन गर्नेछन् । सो महासभाको मुख्य उद्देश्य कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरुको बारेमा सम्बोधन गर्नु हो ।
सो महासभामा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्याइसकिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रम ओलीले पहिलो दिन नै सम्बोधन गर्नेछन् ।
सो महासभामा जम्मा १४१ वक्ताहरु रहने छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीहरु रहेका छन् ।
विश्वका नेताहरुको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोपका विभिन्न पक्षहरुको बारेमा छलफल समेत हुने कार्यक्रम रहेको छ ।
COMMENTS