नेपाली  काङ्ग्रेसका नेता  राम चन्द्र पौडेल रिहा

Homeराजनीति

नेपाली काङ्ग्रेसका नेता राम चन्द्र पौडेल रिहा

जनताको छातीमा लात मारेको टुलुटुलु हेरेर बस्न सक्दैनौँः जसपा
Is Hiring for Culture Fit Another Form of Unconscious Bias?
BMW Hit by $10 Million Fine in South Korea over Engine Fires Crisis

मंसिर १७, तनहुँ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । पौडेलसहित पक्राउ परेका कांग्रेस कार्यकर्ता सबै रिहा भएका छन् । उनीहरुलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको हो ।
भोलि बिहीबार पुनः आन्दोलन गर्ने नेपाली काङ्ग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आलेले बताए ।

उनले भने ‘हाम्रो आन्दोलन जारी छ, अन्य साथीसहित भोलि आन्दोलनमा आउनुहोला ।’

तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नेता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै थिए ।

पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै जिल्ला प्रशासनले मध्याह्न १२ बजेदेखि साझ ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

तर नेता पौडेलसहित काङ्ग्रेस तनहुँको जम्बो टिम निषेधाज्ञा उल्लंघन गर्दै पुल उद्घाटन गर्न पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पृथ्वी राजमार्ग २ घण्टा देखि अवरुद्ध भएको थियो। प्रहरी र काङ्ग्रेस नेता कार्यकर्ता बीच झडप भएको थियो ।

काङ्ग्रेस कार्याकर्ताले ढुंगा प्रहार गरेका थिए भने प्रहरी समुहले अश्रु ग्यास प्रहार गरेको थियो ।

राजमार्गमा ढुङ्गा र टायर बालेर अवरुद्ध गरिएको थियो ।
रिहा भएपछि नेता पौडेल नागरिक अधिकारमाथि नाङ्गो हस्तक्षेप भएको बताएका छन् ।

नागरिक अधिकारमाथि नाङ्गो हस्तक्षेप भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।

‘आजको घटनाको देशभरी घोर भर्त्सना भएको छ ।’ नेता पौडेलले भने ‘लोकतन्त्रको रक्षा गर्ने हाम्रै हातमा छ ।’

सबै जना कम्मर कसेर तयार रहन नेता पौडेल बताउछन । भोलि पनि आन्दोलन जारी राख्ने नेता पौडेलले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0