मंसिर १८, (नवलपुर)
विवाहमा लाग्ने खर्च जोगाएर पूर्वी नवलपरासीका एक नवविवाहित जोडीले मौलाकालीका अपाङ् सेवा केन्द्र कावासोतीलाई खाद्यन्न सहयोग गरेका छन् ।
कावासोती नगरपालिका १३ का वासिन्दा चिरञ्जीवी पौडेल र अनु सुवेदीले विवाहमा गरिने भोजको खर्च कटाएर मौलाकालीका अपाङ् सेवा केन्द्र कावासोतीलाई खाद्यन्न सहयोग गरेका हुन् ।
चिरञ्जीवी पौडेलले विवाहमा हुने भोज कार्यक्रमलाई नै स्थगित गरेर अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको बताए । बुधबार एक कार्यक्रमका विच अपङग संस्थामा २२ प्रकारका खाद्यान्न नवविवाहित जोडिबाट वितरण गरिएको थियो ।

COMMENTS