मंसिर १८,
विहिबार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तराष्ट्रिय दिवस, नेपालका लागि नेपाल सरकारले ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईयो ।
दिवस मनाईरहदा पूर्वी नवलपरासी कावासोती नगरपालिका १ का दृष्टिविहिन रिम घर्ती मगरले अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्था होईन , सिप अनुसारको रोजगारको माग गरेका छन् ।
उनले भने “हामी अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिनु पर्दैन सिप क्षमतालाई कदर गर्दै सिप अनुसारको रोजागार दिनुहोस्, हामीले रोजगारी गरेर आफ्नो बालवच्चा परिवार पनि पाल्न सजिलो हुन्छ ।”
यस्तै उनले “पछिल्लो समय अपाङ्गता भएकालाई दयामाया होईन अधिकारमुखि दृष्टिकोणबाट हेर्नुपर्छ । हाम्रो सिप र क्षमताको उच्च मुल्याङ्कन गर्दै , विकासको मुल प्रवाहमा ल्याएर आत्मनिर्भर वनाउनु पर्छ ।”

COMMENTS