८०४१ जनाको परीक्षण गर्दा १२७२ मा कोरोना संक्रमण

Homeस्वास्थ

८०४१ जनाको परीक्षण गर्दा १२७२ मा कोरोना संक्रमण

अहिलेसम्म तीन लाख ४० हजारले लगाए काेराेना विरुद्धकाे खोप
नवलपुरको ८ वटै स्थानिय तहमा निःशुल्क बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सुरु
थप ८९९ सङ्क्रमित, १५ जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

संक्रमण घटेको तथ्यांकले झुक्याइरहेको छ, कोरोना जोखिम टरेको छैन

सही तथ्यांक उपलब्ध नहुँदा संक्रमणको अवस्था ठ्याक्कै यो छ भन्न सकिन्न । कति चाहिँ भन्न सकिन्छ भने, नेपालमा धेरै संक्रमित छन्, जोखिम समूहमा पनि धेरै छन् र महामारीले अझै लामो समय लिन्छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी

COMMENTS

WORDPRESS: 0
DISQUS: 1