अर्घाखाँचीमा आगलागीबाट दुई घर जलेर नष्ट , पिडित कुमाल परिवारद्वारा सहयोगको अपिल

Homeविशेष

अर्घाखाँचीमा आगलागीबाट दुई घर जलेर नष्ट , पिडित कुमाल परिवारद्वारा सहयोगको अपिल

गृहमन्त्रीलाई भेटेर नेविसंघले भन्यो- भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही नगरे आन्दोलन गर्छौं
अन्लाइन सांस्कृितक नृत्य प्रतियाेगिताकाे नितजा साँझ ८ बजे सार्वजनिक हुदै
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता को निर्णायक अनु कुमाल र कमल नेपाली

मंसिर २०, (अर्घाखाँची )

अर्घाखाँचीको सन्धिखर्कमा गएराती आगलागी हुदा दुई घर जलेर नष्ट भएका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका वाड न. १२ कुसुनेका डम्मर बहादुर मुखिया कुमाल र ज्ञान बहादुर मुखिया कुमालको घरमा आगलागी हुदा धर जलेर नस्ट भएको पारिवारिक स्रोतले जनाएको छ । घरसँगै एकहल गोरु, भैसीहरु, बाख्रा जलेर मरेका छन ।

भने घरमा भएको अन्नपात सर-सामानहरुका साथै केही नगद, जलेर नस्ट भएको छ । अागाे निभाउने क्रममा केहिहरु व्यक्ति घाइते भएका छन।

यस्तो बिपत कसैलाई नपरोस भन्दै उक्त दुई परिवारको अब लुगा ,खान, बस्न समेत केही नभएको हुदा आफू सक्दो सहयोग गरिदिनुहुन सन्धिखर्क नगरपालिका वाड न. १२, नेपाली काङ्ग्रेस सभापित लिला बस्याल ले सबै मिलेर बिपलमा परेका परिवारलाइ सहयोगको अपिल गरेका छन।

राति देखि दमकल ,प्रहरी ,शसत्र प्रहरी ,जनप्रतिनिधि र स्थानीय सहयोगमा आगो नियन्त्रण भयपनी आगो बिहान सम्म निभेको छैन,अहिलेपनी आगो निबाउने काम चलेको छ।क्षति कति के कति भयो भनेर पुर्णरुपमा विवरण आईसकेको छैन । आगलागी पीडित परिवारले पनि सबैसँग सहयोगको अपिल गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0