गीताको विज्ञान र माक्र्सवाद

Homeविचार

गीताको विज्ञान र माक्र्सवाद

भुवनमान श्रेष्ठ

शुक्रबार, मंसिर १९

सैद्धान्तिक, आदर्शवादी, व्यवहारिक र वैज्ञानिक हुनु पर्नेमा व्यक्ति, समाज र राजनीति झन्झन् व्यक्तिवादी र देवत्वकरणवादी बन्दै जाँदैछ, चाहे त्यो राजाको नाममा होस् वा कुनै अन्य व्यक्तिको नाममा। यस्ता क्रियाकलापले वर्तमान त रमाईलो नै होला तर वर्तमानको गर्भमा हुर्कदै गरेको विचलनको भ्रूणले समाजलाई अझ पिडाको दलदलमा धकेल्ने निश्चित छ।

व्यक्ति लाई देवत्वकरण गर्ने भाग्यवादी तर नाम चै राष्ट्रिय प्रजातन्त्र पार्टी ले आफ्नो सम्पूर्ण तन, मन, धनको शक्तिलाई एकादेशको हिन्दु राष्ट्र र त्यसैले संरक्षण गरेको धार्मिक केन्द्र राजसंस्था बाट आर्यघाटमा पुर्‍याएर अन्त्यष्टी गरिसकेको पालनकर्ता रूपि मृतक राजालाई विम्त्याउनेमा लागेको जस्तो देखिन्छ जुन क्रियाकलाप ले आफुलाई भाङ खाएको महादेव समम्झनु मात्र हो। जसरी लोकतन्त्रको नायकको भूमिकामा रहेको प्रजातान्त्रिक दल भनिने नेपाली काङ्ग्रेस विचलित भएजस्तै, अनि काम कुरा एकातिर तर कुम्लो बोकी ठिमी तिर हिडेको नेपाल कम्युनिष्ट पार्टी झै त्यस्तै एकै।

मानव विकास र समृद्धि प्राप्तिको मात्रा निर्धारण गर्ने एक महत्त्वपूर्ण पक्ष र पाटो योजना, दुरदर्शिता र श्रोतसाधनको उच्चतम र गुणस्तर परिचालन मात्र नभई ऐतिहासिक सन्दर्भ पनि प्रमुख रहेको हुन्छ। हिजोको अवस्थाले वर्तमान निर्धारण गर्छ र वर्तमानले भविष्यको गर्ने निश्चित हुन्छ। खुशी नागरिक, सभ्य समाज र शक्ति राष्ट्रको वास्तविक विकास र उन्नति कुनै मन्दिर, मस्जिद, गुम्बा, चर्च र गूरूद्वारमा गएर ईश्वर, अल्ला, प्रभू पुकारेर वा कुनै व्यक्तिलाई देवत्वकरण गरेर भएको वा प्राप्त गरेको इतिहास कतै छैन। गीताको अपव्याख्या गरेर वा सुनाएर  विचलित  समाजले आफुलाई गीताको नायक कृष्णको प्रसंसा भन्दा उनले दिएको सारमा रहेको ज्ञान विज्ञान अनुरूप समाज चल्न चलाउन सके वा अर्जुन दृष्टि लगाउन सके असम्भव केही हुनेछैन। 

सबैसबै नेतृत्वदायी दलको भूमिकामा रहेको राजनीतिक संगठनको अवस्था र स्थिति समग्रमा व्यापक विचलन देखिनुको पछाडिको ऐतिहासिक सन्दर्भ अध्ययन गर्दै सामाजिक वैद्य, सामाजिक विश्वकर्मा, सामाजिक पंडितहरूले व्यापक रूपमा बौद्धिक आन्दोलन गर्नु पर्ने र त्यसको वातावरण निर्माण गर्ने र सफल पार्नेमा आफुलाई नागरिक ठान्ने सभ्य र सामाजिक ठान्ने हरेक व्यक्तिले बल पुर्याउनुको विकल्प छैन। नत्र यस्तै रवैयालाई लथालिङ्ग छोड्ने हो भने गौतम बुद्ध जन्मेको देशमा अहिंसा, प्रेम, शान्ति र सद्भाव त्यही गुम्बामा रहेको त्रिपिटकमा मात्र सिमित रहनेछ। 

भागवद्गीतामा माक्र्सवाद छ र माक्र्सवाद भागवद्गीतको एक अंश हो। अर्थात गीतामा ऐतिहासिक द्वन्दात्मक भौतिकवाद पनि छ तर व्यक्ति, समाज, र सामाजिक संस्थाहरूलाई कसले नियोजित ढङ्गले अन्धविश्वासी भाग्यवादी र देवतावादी बनायो वा बनाईदैछ र यसको नोक्सानी कसलाई हुदैछ भन्ने कुरा समाजले बुझ्न जरुरी छ। 

COMMENTS

WORDPRESS: 0
DISQUS: 0