सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

Homeसमाज

सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको ज्यान गयो
नवलपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
पाथीभरा क्षेत्रमा लागेको आगो ५ दिन हुदासम्म नि नियन्त्रणमा आउन सकेन

यामु कुमाल , नवलपुर, २० मंसिरः

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार ११ औँ दिनमा लैगिंक हिंसा न्यूनिकरणको सवालमा विद्यमान कानुनी व्यवस्था र यसको व्यवाहारिक पक्ष विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा शिक्षाको लागि राष्टिय अभियान नवलपुरको आयोजना र रोटरी क्लव अफ कावासोतीको सह आयोजनामा सो अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी महिला वक्ताहरुले हरेक वर्ष लैगिंक हिंसा विरुद्धको सचेतनामूलक कार्यहरु गर्दै आएता पनि हिंसा भने नरोकिएको बताए । कार्यक्रममा वोल्दै महिला वक्ताहरुले आफुहरुले हरेक वर्ष लैगिंक हिंसा न्यूनिकरण सम्वन्धि कार्यक्रमहरु गर्दै आएता पनि न्यूनिकरण हुन नसकेको यथार्थ ब्यक्त गरे । आत्मविश्वासका साथ आफ्नो अडानमा अडिग रहेमा मात्र लैँगिक हिँसामा नपर्ने उनीहरुको भनाइ थियो । यस्तैगरी उनीहरुले लैँगिक हिँसा अन्त्य गर्ने कुरा भाषणमा मात्र सीमित भएकोमा पनि गुनासो गरे । बोले जस्तो गरी हिँसा अन्त्य गर्न सजिलो नहुने उनीहरुको तर्क थियो ।

हिँसा बिरुद्ध काम गर्ने ब्यक्ति तथा सँस्था पनि उदासीन देखिएको सहभागी महिलाहरुको आरोप थियो । हिँसाका घटना भएर पीडित महिला न्यायका लागि याचना गरिरहँदा ती ब्यक्ति र सँस्थाहरुले वास्ता नगर्ने गरेको उनीहरुको भनाइ थियो ।

कार्यक्रम रोटरी क्लव अफ कावासोतीका अध्यक्ष भोजराज दाहालको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेमशंखर मर्दनियाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तैगरी कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वोल्नु हुदै प्रमुख अतिथि नगर उपप्रमुख मर्दनियाले लैगिंक हिंसा सम्वन्धि विषयमा सवैजनाले सकारात्मक सोच वनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा अधिवक्ता राधा उपाध्यायले लैगिंक हिंसा विरुद्धका केही कानुनी व्यवस्था सम्वन्धमा सहजीकरण गर्नुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0