पुर्वी नवलपरासीको कावासोतीमा रहेको ऐतिहासिक टरुवा ताल सँरक्षणकाे प्रतिक्षामा

Homeअन्य

पुर्वी नवलपरासीको कावासोतीमा रहेको ऐतिहासिक टरुवा ताल सँरक्षणकाे प्रतिक्षामा

बुधबारदेखि बाइडेनले अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्दै
गृहमन्त्रीलाई भेटेर नेविसंघले भन्यो- भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही नगरे आन्दोलन गर्छौं
भारतको कृषि कानुनको बेलायतमा विरोध

नवलपुर, २० मंसिरः

पुर्वी नवलपरासीको कावासोतीमा रहेको ऐतिहासिक टरुवा ताल दिनहुँ कुरुप बन्दै गएको छ । झट्ट हेर्दा यो ताल अहिले घांसे मैदान जस्तै देखिन्छ । कावासोती नगरपालिका ७ स्थित रहेको टरुवा तालको सँरक्षणमा कसैको चासो नहुँदा पछिल्लो समय यो ताल संकटको अबस्थामा पुगेको हो ।

सरोकारवालाहरुले कुनै दिवसको अवसर पारेर बेला बेला प्रचारमुखी हिसावले तालको सरसफाइ गर्छन , तर त्यसपछी तालको अवस्था के छ ? भन्ने जानकारी समेत राख्न नचाहेको स्थानीय बासिन्दाहरुको भनाइ छ ।

ताल भरी पुरै लामा लामा झारहरु पलाएका छन् । पुरै कावासोतीको आकर्षण बन्न सक्ने टरुवा ताल मानवीय र प्राकृतिक अतिक्रमणमा परिरहेको छ,। सँरक्षण र प्रबद्र्धनका लागि सरोकारवाला निकायहरुले बेवास्ता गर्दा तालको अवस्था नाजुक वन्दै गएको छ ।

समयमै यसको संरक्षण नगर्ने हो भने ताल तस्वीरमा मात्र सीमित हुने स्पष्ट छ । ताल भरी झारहरु पलाएका छन् । ती झारहरुले गर्दा टरुवा तालको आकर्षण घटाएको त छ नै सँगै यसको अस्तित्वमा नै खतरामा पर्न गएको छ । वरिपरी मानव वस्ती रहेको उक्त तालमा वस्तीको फोहोरमैला समेत फालिने गरिन्छ । जसले गर्दा तालको जीवनमात्र होइन तालमा रहेका जलचर प्राणीको जीवन समेत खतरामा परेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0