कावासोती स्थित बाल उद्यान आकर्षणको केन्द्र बन्दै

Homeसमाज

कावासोती स्थित बाल उद्यान आकर्षणको केन्द्र बन्दै

श्रीपञ्चमी मनाइयो
आज विश्व सिमसार दिवस मनाइँदै
कालीगण्डकी करिडोरकोे भिरबाट लरी खस्यो , घटनास्थलमै ३ को मृत्यु


नवलपुर , २१ मंसिर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ सयपत्री चोकमा शिव सामुदायिक बाल उद्यान निर्माण भएपछि अहिले बालबालिकाको घुँइचो लाग्ने गरेको छ ।
लामो समयको लकडाउन र भर्खर भर्खर विहानको समयमा विद्यालय सञ्चालन हुने भएपछि बालबालिका दिउसोको समयमा बाल उद्यानमा रमाउन थालेका हुन् ।
एकातिर कोरोना भाइरस सङ्क्रमण जोखिम कायमै रहेका कारणले पनि विद्यालयहरु स्वास्थ्य सुरक्षा अपनाउदै खुलेका छन् । भने, अर्कोतिर जाडोयामको समय छ ।
यो जाडोको वेला, बाल उद्यानमा खेल्न र रमाउन पाएपछि बालबालिका खुसि भएका छन् ।
बाल उद्यानमा उनीहरु चिप्लेटि, ढिकिच्याउ र पिङ खेल्दै रमाउने गर्दछन् ।
शिव सामुदायिक बाल उद्यानमा डिपिआर अनुसार बाल उद्यानको सम्पूर्ण संरचना भने तयार भइसकेका छैनन् ।
बालबालिकाहरुको मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जन र खेलकूदले महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत छैन ।
बाल उद्यानले बालबालिकाहरु खेल्दै सिक्ने र सिक्दै खेल्ने अवसर पनि दिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0