मंसिर २२ , अर्घाखाँची ।
कुमाल विद्यार्थी समाजले आगलागी पिडित परिवारलाई सहयोग गरेका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ कुसुनेका डम्बरबहादुर मुखिया र ज्ञानबहादुर मुखिया कुमालका परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरेका हुन् ।
गएको शुक्रबार ( मङ्सिर १९ गते) राति एक्कासि घरमा लागेको आगोले जलेर पुर्णरूपमा नस्ट भएको थियो ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले परिवारको दुखमा कुमाल बिद्यार्थी समाजले सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरेर संकलित रकम सहित खाद्यान्न हस्तान्तरण गएिको विद्यार्थी समाजका अध्यक्ष नविन मुखिया कुमालले बताउनु भयो ।
पिडित परिवारलाई नगद रु १३ हजार ३ सय २४ रकम सहित चामल, नुन, तेल संस्थाका केन्द्रीय अध्यक्ष नविन मुखिया कुमालद्धारा हस्तान्तरण गरिएको हो ।
आर्थिक सहयोग पिडित परिवारका लागि धर्मेन्द्र कुमालबाट रू.८ हजार ८ सय २४ (फ्रान्स) , विराज मुखिया कुमाल २ हजार (इजरायल) , विस्णु प्रसाद बस्याल रु १ हजार ५०० (अर्घाखाँची) , गणेश कुमाल रू एक हजार ( धनगढी ) , बाट रकम सहयोग गरेका थिए ।
साथै, पिडित परिवारलाई राहत स्वरुप सोही ठाउँको अर्चम कुमाल टोल खानेपानी संस्थाले पनि रू. १० हजार रकम संस्थाका अध्यक्ष यज्ञप्रसाद पौडेलबाट हस्तान्तरण गरिएको छ ।

COMMENTS