नेपालमा सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि

Homeसमाज

नेपालमा सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि

भारतले दिएको कोरोनाविरुद्धको खोप विहिबार नेपाल आइपुग्ने
नवलपुरको विभिन्न स्थानमा सवारी दुर्घटना, २४ जना घाइते
सिटी हल निर्माणको काम धमाधम सुरु

काठमाडौँ , मंसिर २२ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ हजार दुई सय २० जनाको नमुना परीक्षण गर्दा एक हजार १४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय २८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।
अब नेपालमा १२ हजार नौ सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय २७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २० जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय १४ पुगेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0