भारतको कृषि कानुनको बेलायतमा विरोध

Homeअन्य

भारतको कृषि कानुनको बेलायतमा विरोध

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेसन बुटवलमा हुने, तयारी पूरा
कावासोतीमा लागुऔषध सहित एक जना पक्राउ
राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल उपलब्ध गराउन आग्रह

मंसिर २२ ।

भारतले ल्याएको कृषि कानुनको विरोधमा बेलायतको लण्डनमा पनि प्रदर्शन भएको छ ।
कानुनको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा एक हप्तादेखि हजारौँ किसानले धर्ना दिइरहेको अवस्थामा लण्डनमा पनि भारतीय उच्च आयोगको कार्यालयबाहिर प्रदर्शन भएको हो ।
उनीहरूले भारतीय सरकारले किसानलाई मर्का हुने र व्यापारीलाई फाइदा पुग्ने तीन वटा कानुन ल्याएको भन्दै विरोध गरेका भारतीय समाचार एनडीटीभीले जनाएको छ । लण्डन प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।


उनीहरुले ‘हामी पञ्जाबका किसानको साथमा छौँ, किसानलाई न्याय देऊ जस्ता नारा लगाएका थिए ।
केही प्रदर्शनकारीले भारत विरोधी नारा लगाएकाले आन्दोलन नियोजित भएको लण्डनमा रहेको भारतीय उच्च आयोगका प्रवक्ताले जनाएका छन् ।
किसान आन्दोलन भारतको आन्तरिक मामिला भएकाले विदेशमा यसको प्रदर्शन हुनु गम्भीर विषयको उच्च आयोगको दाबी छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0