सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

Homeविशेष

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

माधब नेपाल बिना केपि ओलि ले घोषणा गरे एमाले स्थायी समिति
रामकुमारी झाँक्री राज्यविरुद्धको कसुरमा गिरफ्तार!के हो राज्यविरुद्धको कसुर?
स्कुल बसको ठक्करबाट एकको मृत्यु, २ गम्भीर घाइते

मंसिर २३ ।
सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मङ्गलबार नेपाल र चीन बीचको संयुक्त बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको सहभागितामा दुई देशको संयुक्त भर्चुअल समारोहमार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।
दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।
यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ ।
सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।
अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो ।
चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0