गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे बाँकी काम २५ दिनमा पूरा गर्न निर्देशन

Homeविशेष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे बाँकी काम २५ दिनमा पूरा गर्न निर्देशन

अन्लाइन सांस्कृितक नृत्य प्रतियाेगिताकाे नितजा साँझ ८ बजे सार्वजनिक हुदै
तिहारको आगमनसँगै फूलहरु ढकमक्क फुल्न थाले
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता को निर्णायक अनु कुमाल र कमल नेपाली

२४ मंसिर, काठमाडौं ।

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न शनिबार भैरहवा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आयोजनाको ९३ प्रतिशत पुरा भएको जानकारी गराइयो । मन्त्री भट्टराईले आयोजना प्रमुखसहित सरोकारवालालाई अबको २५ दिनमा बाँकी काम पूरा गर्न निर्देशन दिए । यो आयोजनाको म्याद यही डिसेम्बर ३१ सम्म मात्र छ । शिलान्यासयता करिब आधा दर्जन पटक म्याद थप भएपछि तय भएको मिति हो यो ।

१९ असार २०७७ मा मन्त्रालयमा आयोजित कार्यक्रम ११ चैतदेखि १५ असारसम्मको कार्यसम्पादनको लामो सूची सार्वजनिक गरिएको थियो, जसमा भैरहवा विमानस्थलको कार्यप्रगति ९१ प्रतिशत देखाइएको थियो । मन्त्री भट्टराईलाई आयोजनाले दिएको जानकारी अनुसार अहिले कार्यप्रगति ९३ प्रतिशत पुगेको छ । अर्थातः चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा आयोजनाको भौतिक प्रगति २ प्रतिशत भएको छ । त्यसो भए बाँकी २५ दिनमा ७ प्रतिशत कार्य प्रगति सम्भव छ ?

विमानस्थलको भौतिक संरचना निर्माणको काम सकेको छ । धावनमार्ग, टर्मिनल भवनसहितका संरचना बनेर यन्त्र-उपकरण जडानको काम जारी छ ।

विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्याण्डले पाएको छ । जडानका लागि थाइ र चिनियाँ दक्ष कामदार आउनपर्छ । कतिपय उपकरण नै ल्याउन बाँकी छ । तीनहजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिलतर्फको काम सकिएर विद्युतीको काम भइरहेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावर बनिसकेका छन् । ती संरचनामा उपकरण जडान र इन्टेरियरको काम जारी छ ।

कर्मचारी व्यवस्थापन,सेवा थाल्नअघि मार्केटिङ तथा प्रचार प्रसारको काम,धावनमार्ग, टर्मिनल भवनसहितका संरचना मा यन्त्र-उपकरण जडानको काम भने बाकी छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0