विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

Homeराजनीति

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु
नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने
राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

२४ मंसिर, काठमाडौँ ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । मङ्गलबार दिउँसो अनलाइन कार्यक्रममार्फत विवेकशील–साझा पार्टी एक भएको घोषणा गरिएको हो ।

साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरू मात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि यी दुई पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो तर २०७५ पुस २७ गते पार्टी विभाजित भएको थियो ।
एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने र लोगो र चुनाव चिह्न ‘तराजु’ हुनेछ ।
एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५ , ६५ जना सदस्य रहने गरी कुल एक सय ३० जना केन्द्रीय सदस्य हुनेछन् । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३ , १३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ ।
’यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो।
यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ’, घोषणापत्रमा भनिएको छ । रासस

COMMENTS

WORDPRESS: 0
DISQUS: 0