सदर चिडियाखाना ८ महिनापछि खुल्यो

Homeसमाज

सदर चिडियाखाना ८ महिनापछि खुल्यो

कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे
भौतिक संरचना बिनै मेसिन ल्याउदा पिसीआर परीक्षणमा ढिलाइ भयो — मध्यविन्दु जिल्ला अस्पताल
न्यानो कपडा तथा खेल सामग्री पाउँदा बिद्यार्थीहरु हर्षित

२५ मंसिर, काठमाडौँ ।
कोरोनाको कारण बन्द भएको ८ महिनापछि सदर चिडियाखाना आजबाट खुलेको छ ।
चैत ७ गतेदेखि बन्द भएको जावलाखेलको सदर चिडियाखाना आजदेखि खुलाइएको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै खोलिएको चिडियाखानाका प्रमुख डा.चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए।


चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड अपनाईएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाएका छन् । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश गराइएको छ ।
चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई भित्र प्रवेश गर्न दिईएको छ ।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन ।, यस्तैभित्र बालबालिकालाई खेलाउन पाइने छैन । यसअघि झैँ हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुलाइएको छ ।
भीडभाड हुन नदिन अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ । चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेलले बताए ।
अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0