नेकपा सरकार जनताप्रति उत्तरदायी हुन सकेन ः नेपाली काँग्रेस

Homeराजनीति

नेकपा सरकार जनताप्रति उत्तरदायी हुन सकेन ः नेपाली काँग्रेस

वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो
नेपाल–खनाल समूहका सांसदसँग स्पष्टिकरण सोध्ने ओली समूहको निर्णय
संसद विघटनविरुद्धमा परेका रिटमाथी आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

यामु कुमाल ।
२५ मंसिर, नवलपुर ।

गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस नवलपुरका जिल्ला सभापति विष्णु लामिछानेले दुई तिहाई बहुमत प्राप्त नेकपा सरकार जनताप्रति उत्तरदायित्व हुन नसकेको बताएका छन् ।
आगामी मंसिर २९ गते काँग्रेसले गर्न लागेको देशव्यापीे खवरदारीका बारेमा जानकारी दिन विहिबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सरकार, सार्वभौम सम्पन्न नागरिकप्रति जवाफदेही र विनम्र हुनु पर्नेमा उल्टै निरङ्कुशता तर्फ उन्मुख भएको आरोप लगाए ।


लामिछानेले पछिल्लो समयमा मुलुकको अस्तित्व रहने होकी नरहने भन्ने अवस्था देखिएको बताए ।
नेपाली जनताको रगत र पसिनाबाट आएको गणतन्त्र नै धरापमा परेको उनको भनाइ छ ।
दुई पार्टी मिलेर दुई तिहाई सरकार बनेता पनि जनताका समस्या सुल्झउनु पर्नेमा नेकपा सरकार गुट राजनीतिमा फसेको लामिछानेको ठहर थियो ।
मुलुक जति वेला अप्ठेरोमा पर्छ , त्यति वेला नेपाली कांग्रेस चुप लागेर बस्न नसक्ने भन्दै सदन देखि सडक सम्म पार्टीले आन्दोलन गर्न खोजेको लामिछानेले स्पष्ट पारे ।
आगामी मंसिर २९ गते नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा नेकपा सरकारको खवरदारी गर्दै शान्तिपूर्ण विरोध प्रर्दशन गर्न लागेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0