२७ मंसिर, नवलपुर ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले कौडा खेलिरहेको अवस्था ३ लाख ८५ हजार २२५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कौडा खेलिरहेको अवस्थामा देवचुली नगरपालिका १ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका २ का सन्दीप गुरुङ, वडा नम्बर ११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई गएराति पक्राउ गरेको हो ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको मेघापार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले बताउनु भयो ।
COMMENTS