शनिबार नेपालमा आठ सय ९९ जना कोरोना संक्रमित थपिए

Homeस्वास्थ

शनिबार नेपालमा आठ सय ९९ जना कोरोना संक्रमित थपिए

थप १७ सय ९० जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु
२४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
थप ८९९ सङ्क्रमित, १५ जनाको मृत्यु

२७ मंसिर,
शनिबार नेपालमा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको छ ।
नेपालमा अहिले ११ हजार छ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0