संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति देउवा सहभागी नहुने

Homeराजनीति

संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति देउवा सहभागी नहुने

दाङमा सरकार विरोध प्रदर्शनलाई पूर्वमन्त्री गिरीले सम्वोधन गर्ने
वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो
संवैधानिक परिषद्को बैठक मङ्गलबार वस्ने

२७ मंसिर,
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका छन् । तर, शनिबार नै देउवाले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको उनी निकट एक नेताले बताए ।
संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । अहिलेसम्म बैठक स्थगित भएको सूचना भने जारी नगरिएको स्रोतले बताएको छ ।


परिषद्को बैठक बोलाए लगत्तै शुक्रबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता पनि भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् । नियुक्तिको विषयमा छलफल भएपनि प्रधानमन्त्री र देउवाबीच सहमति जुट्न भने सकेको छैन ।


अर्कोतर्फ मंसिर २९ मा कांग्रेसले सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ। प्रदर्शनको एक दिन अघि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएपछि त्यसलाई कांग्रेस नेताहरुले शंकाको दृष्टिले हेरेका छन् । शनिबार नै कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो ।
संविधानको धारा २ सय ८४ मा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ । हाल उपसभामुखको पद रिक्त छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1