२७ मंसिर,
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जितलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ ।
अमेरिकाको सर्वोच्च अदालतले मुद्दामा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै खारेज गरिदिएको बीबीसीले जनाएको छ । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न ट्रम्पले गर्नुभएको मागलाई अदालतले अस्वीकार गरिदिएको हो ।
टेक्सास, जर्जिया, मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यहि हप्ता मुद्दा दायर भएको थियो । ट्रम्पले गत नोभेम्बर ३ तारिखमा भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनुभएको छ ।
असन्तुष्टि जनाउदै ट्रम्पले विभिन्न राज्यका अदालतहरुमा मुद्दा दायर गर्नुभएको थियो । राज्यका अदालतहरुले पनि ट्रम्पको मागलाई अस्वीकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि अस्वीकार गरेको हो । सबै अदालतहरुले मागलाई अस्वीकार गरेपछि अब ट्रम्पसँग पद हस्तान्तरण गर्नुको विकल्प नरहेको बीबीसीले जनाएको छ ।

COMMENTS