१८ वर्षपछि लालपुर्जा पाउँदा स्थानियबासी खुशी

Homeसमाज

१८ वर्षपछि लालपुर्जा पाउँदा स्थानियबासी खुशी

नवलपुरको विभिन्न स्थानमा सवारी दुर्घटना, २४ जना घाइते
संसद विघटनविरुद्ध परेका रिट अब पुस २२ गतेदेखि सुनुवाइ हुने
कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

२८ मंसिर, अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट र ४ केरङ्गाका बासिन्दा १८ वर्षपछि लालपुर्जा पाउँदा खुशी भएका छन् ।

२०५९ सालमा तत्कालीन माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएको थियो ।
जलेर नष्ट भएका लालपुर्जा १८ वर्षपछि नापी कार्यालय पुनः नापनक्सा गरी बल्कोटमा ६ सय ५० घरधुरी र केरुङ्गाका एक हजार एक सय ८६ जग्गा धनीलाई लालपुर्जा वितरण सुरु भएको अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताए ।
द्वन्द्वका समयमा नक्सा बिहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको पनि रानाले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0