वडाध्यक्ष सहित जुवाको खालबाट ९ जना पक्राउ

Homeसमाज

वडाध्यक्ष सहित जुवाको खालबाट ९ जना पक्राउ

तराईमा बाक्लो हुस्सु र कुहिरो , मौसम सफा हुन अझै केही दिन लाग्ने
हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
नेपालमा सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि

२८ मंसिर, नवलपुर ।
पूर्वी नवलपरासीमा वडाअध्यक्ष सहित जुवाको खालबाट ९ जना पक्राउ परेका छन् ।
कावासोतीमा तास खेल्दै गर्दा बौदीकाली गाउँपालिका १ का वडाध्यक्ष टोलनाथ कंडेल सहित ९ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कंडेल काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
शनिबार दिउँसो १ लाख ६८ हजार नौं सय १० रुपैयाँ नगद सहित कावासोतीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका मधुसुदन सिंहले बताए ।
पक्राउ पर्नेमा बौदीकाली गाँउपालिका १ वडाध्यक्ष ४९ बर्षीय टोलनाथ कंडेल, कावासोती नगरपालिका २ का ५२ बर्षीय राम्जी केसी, ४४ बर्षीय चुडामणी कंडेल, कावासोती नगरपालिका ८ का ३८ बर्षीय श्रीधर शर्मा, कावासोती नगरपालिका ३ का ४० बर्षीय बलबहादुर गुरुङ, ४१ बर्षीय गमबहादुर सिंजाली, ३३ बर्षीय किरण केसी, कावासोती नगरपालिका ४ का ४१ बर्षीय रुमबहादुर सिंजाली र कावासोती नगरपालिका १६ का दुर्गा गिरी रहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0