शतबीज छरेर आज बालाचतुर्दशी पर्व मनाईदैँ

Homeसमाज

शतबीज छरेर आज बालाचतुर्दशी पर्व मनाईदैँ

१३२ पालिकासँग भूमि आयोगको सम्झौता
हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस कावासोतीमा पनि मनाइदैँ

२८ मंसिर, काठमाडौँ ।
आज बालाचतुर्दशी पर्व, हिन्दु धर्मालम्बीले देशभरका विभिन्न शिवालयमा बिहान शतबीज छरेर मनाईने परम्परा छ ।
मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर आज बिहान पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छर्ने परम्परा छ ।
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात पितृका नाममा दीपदान गर्न भक्तजन आउने यसबर्ष कोरोना संक्रमण जोखिमका कारण भक्तजनको संख्यामा उल्लेख्य कमि आएको छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई शतबिजका रुपमा छर्ने गरिन्छ।
भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास रहँदै आएको छ।
मातापिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने नेपाल पञ्चाङ्क निर्णायक समितिले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0