२८ मंसिर, दाङ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम प्रखरबक्ता दिपक गिरीले दाङमा हुने विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
मंसिर २९ गते अर्थात् सोमबार देशैभर हुन लागेको सरकार विरुद्धको विरोध प्रर्दशन कार्यक्रम अन्तरगत दाङमा हुने विरोध प्रर्दशनलाई पूर्वमन्त्री गिरीले सम्बोधन गर्न लागेका हुन् ।
नेकपा सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतामाथि भएको दुर्व्यवहारसँगै सरकारको कार्यशैली, कोरोना नियन्त्रणमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार जस्ता विषयलाई भोली सरकारविरुद्ध देशभरी विरोध प्रर्दशन गर्न लागेको हो ।
दाङको विरोध प्रदर्शन कार्यक्रमलाई नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा प्रखरबक्ता गिरीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस दाङले जानकारी दिएको छ ।
यस्तैगरी नेपाली कांग्रेस दाङले सरकार विरुद्ध हुने विरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन सवैमा अपिल गरेको छ ।
राष्ट्रव्यापी कार्यक्रम अनुसार दाङमा पनि सरकार विरुद्ध विरोध प्रदर्शन कार्यक्रम मंसिर २९ गते अर्थात् सोमबार जिल्ला पार्टी कार्यालय घोराहीबाट विरोध सभाको ¥यालीको आयोजना गरिएको छ ।
उक्त ¥यालीमा सहभागी हुन पार्टीका कार्यकर्ता, नेता, भातृसंघ संगठन र शुभेच्छुक लगायत सवैमा अपिल गरिएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए ।
कांग्रेसले सरकार विरोध प्रर्दशनका लागि दशवटा नारा समेत तय गरेको छ । तोकिएको नारा मात्रै लगाउन कार्यकर्तालाई निर्देशन पनि दिएको छ ।
सरकारविरुद्ध सडकमा उत्रनका लागि कांग्रेसले देशैभर तयारी तीव्र पारेको छ।
COMMENTS