नेकपाको स्थायी कमिटी बैठक स्थगित , आगामि पौष १ मा वस्ने

Homeराजनीति

नेकपाको स्थायी कमिटी बैठक स्थगित , आगामि पौष १ मा वस्ने

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा
Top Instagram Updates You Need to Know in 2018 – December Edition
राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

२८ मंसिर, काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी को स्थायी कमिटी बैठक आउँदो पुस १ गते बुधबार बस्ने गरी स्थगित भएको छ ।
आइतबारको बैठक नेता कमानसिंह लामाको निधनमा शोक व्यक्त गरेर आउँदो पुस १ गते दिउँसो एक बजे बस्ने गरी स्थगित भएको हो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची तोकिएको थियो । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए ।
सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन । अझ यसबीचमा दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् ।
दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने वा दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भइरहेको नेताहरुले बताएका छन् ।
२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोग पत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशसहितको पत्र पठाएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0