सरकार विरोध प्रदर्शनको पुर्व सन्ध्यामा नेविसंघ नवलपुरद्धारा सिट्ठी जुलुस प्रदर्शन

Homeराजनीति

सरकार विरोध प्रदर्शनको पुर्व सन्ध्यामा नेविसंघ नवलपुरद्धारा सिट्ठी जुलुस प्रदर्शन

६४ प्रतिशत सांसदको मत प्राप्त गरेको प्रधानमन्त्रीको निर्णयलाई अदालतले रोक्न सक्दैनः ओली
राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा
तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन सकिनौँ – नेकपा अध्यक्ष प्रचण्ड

२८ मंसिर, नवलपुर ।

नेपाली काङ्ग्रेसले मंसिर २९ गते अर्थात् सोमबार सरकार विरुद्ध देश व्यापी रूपमा आयोजना गरेको विरोध कार्यक्रमको पुर्व सन्ध्यामा नेपाल विद्यार्थी संघ नवलपुरले आईतबार कावासोतीमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ ।
कावासोतीको ईन्द्रचोक देखि सभापति चोक र सभापति चोक बाट फर्किएर थाना चोक सम्म आएर जुलुस समापन गरिएको थियो ।
जुलुसको समापन गर्दै नेपाल विद्यार्थी संघको सर्वसत्तावादी सरकारको मुटुमा ढ्यांग्रो ठोकिने गरी मंसिर २८ गते, अपरान्ह ४ बजे, देशभर एकसाथ सिठ्ठी फुकौ, भन्ने केन्द्रिय कार्यक्रम अनुसार कावासोतीमा सिट्ठीजुलुस आयोजना गरिएको नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले बताए ।


सोमबारको देशब्यापी प्रदर्शनको भब्य तयारीमा जुटौं भन्ने नारासहित आम नागरिकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन पनि पौडेलले आह्वान गरेका छन ।
नेविसंघ नवलपुरका सभापति राजेश पौडेलको नेतृत्वमा सुरु भएको जुलुसमा नेविसंघ पुर्व केन्द्रिय सदस्य आर सि भट्टराई , जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल सचीवहरु सुशील काफ्ले र लेखनाथ दवाडी , सहसचिव विवेक न्यौपाने , जिल्ला कार्यसमितिका सदस्यहरु, पालिका समन्वय समितिका सभापति एवं सदस्यहरु, विभिन्न क्याम्पस ईकाईका सभापति एवं पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला सचीव सुशील काफ्लेले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0